विराटनगर –गृह मन्त्री रामबहादुर थापाले शुक्रबार विराटनगरमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सबै क्षेत्रका सबैखाले सिण्डीकेट अन्त्य गर्ने बताएका हुन्।
सरकारले सबै खाले कार्टेलिङविरुद्ध कदम चाल्छ मन्त्री थापाले बताए। थापाले सुरक्षालाई समृद्धि र विकाससँग जोडेर अघि बढ्ने सरकारको नीति रहेको बताए।
कानुन उलंघन गरी समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकदारविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने उनका भनाई छ।सरकार गठन भएदेखि सरकार सिण्डीकेटविरुद्ध कडारुपमा उत्रिएको उनको भनाई छ।
सुनलगायतका सबै खालका तस्करी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहनुका साथै तस्करी काण्डका विषयमा समिति बनाएर छानविन गरीरहेको बताए।