काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने ट्याक्सी, पर्यटक बोक्ने सवारी तथा अन्य सार्वजनिक बसहरु भित्रपट्टि पनी नम्बर प्लेट राख्ने कामको सुरुवात भएको महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी गराए का छन्।
यात्रुलाई मिटरजडित ट्याक्सीबाट ठगीनबाट जोगाउन र सार्वजनिक सवारीले नियम उल्लंघन गरेमा कारवाही गर्न सजिलो होस भन्ने उदेश्यका साथ सवारी साधानको भित्रपट्टी पनि नम्बर राख्न शुरु गरेको हो । निमित्त प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी गराए।
ट्राफिक महाशाखामा पत्रकार सम्मेलन गर्दै एसएसपी पन्तले केही ट्याक्सी र पर्यटक बोक्ने गाडीको भित्रपट्टी नम्बर टाँसेर यो अभियानको शुरुवात गरिसकेका छन् । यस्तो कार्यले मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई १०३ मा फोन गरेर अथवा प्रहरी एप मार्फत ट्याक्सी भित्रबाट सजिलै उजुरी गर्न सकिनेछ ।
एसएसपी पन्तका अनुसार कोचाकोच गरेर यात्रु राख्ने सार्वजनिक सवारीलाई पनि कारवाही शुरु गरेको छ ।