पाल्पा दुर्घटनाका मृतकप्रति प्रधानमन्त्री ओली को श्रद्धाञ्जलि,कांग्रेस सभापति देउवाले दिए समवेदना

समाचार
शेयर गर्नु होला

काठमाडौं : प्रधानमन्त्री ओलीले शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रतिदुःख व्यक्त गरेका छन्।
ट्विटरमार्फत् मृतकलाई श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले बस दुर्घटनाको खबरले अत्यन्त दुःखी बनाएको बताएका हुन्। ‘सहकारी संस्थाको अवलोकनका लागि यात्रु लिएर पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना भएको खवरले मलाई अत्यन्त दुःख लागेको छ’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका यात्रुहरुप्रति हार्दिकश्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पाल्पाको तानसेनबाट रामपुरतर्फ गैरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।पार्टी सभापति देउवाले शुक्रबार शोक सन्देश जारी गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

शुक्रबार बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *