क्वालालम्पुर — मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई तोकेको समय मा स्वदेस फर्कन् अाग्रह गरेको छ।
मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने जनाइेको छ।
उक्त विज्ञप्तीमा गैरकानुनी आप्रवासी कामदार बैधानिक हुन दीएको ‘रिहाइरिङ’ कार्यक्रमको समयसीमा अब नथपिने उल्लेख गरिएको छ।
गतबर्ष फेब्रुअरी १६ देखि त्यस्ता कामदारका लागि बैधानिकता प्रक्रियामा सामेल भै अस्थायी श्रम अनुमति लिएर काम गर्न या अध्यागमन कार्यालयमा तोकिएको जरिवाना रकम तिरेर स्वदेश फर्कन पाउने (थ्री प्लस वान भोलुन्टारिली प्रोग्रामान्तर्गत) दोहोरो अवसर दिएको थियो।