काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चिनबाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टी वरीयतामा आफूमाथि अन्याय भएको पुन: दोहोर्याएका छन् ।
चिनबाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले भने- पार्टीको वरीयतामा म माथि ठुलो अन्याय भयो । अब म यसको लागि पार्टी भित्रै संघर्ष गर्छु ।
वरिष्ठ नेता झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्केका छन् ।