भक्तपुर। भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मध्यपुर थिमि नगरपालिका–४ राधेराधेमा भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले बा ४० प २०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसको ठक्करबाट सख्त घाइते मध्यपुर थिमि–९ निकोसेराका २४ वर्षीय दिपक ख्याजुकोउपचारको क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीका अनुसार निकोसेराबाट अौँदै गरेको मोटरसाइकललाई बाटो पार गर्ने क्रममा बसले ठक्कर दिँदा दुर्घट्ना भएको हो।