लमजुङ : मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको छ। पासाङ लामालाई १७ किलो सुनका भरियालाई साढे १० बर्ष ६ महिना कैद फैसला गरेको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।
गत कार्तिकमा अन्नपूर्ण पदमार्गान्तर्गत लमजुङको खुदीबाट १७ किलो सुनसहित लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्धामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ।