सांसदलाई बजेट दिने कुरा संघीयता र संसदीय व्यवस्थाको विपरित : गगन थापा

राजनीति
शेयर गर्नु होला

काठमाडौं–  अाइतबार संसदमा प्रस्तुत आव २०७५७६ को बजेटमाथि टिप्पणी गर्दै नेता थापाले मन नलागेर अर्थमन्त्रीले स्थानीय तहको समन्वयमा सांसदलाई ४ करोड दिनेगरी बजेट ल्याउनु गलत भएको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सांसदलाई बजेट दिने कुरा संघीयता र संसदीय व्यवस्थाको विपरित भएको बताएका हुन्।

थापाले भने– बजेट ल्याउँदा अर्थमन्त्रीले साहस गर्नसक्नुभएन। सांसदहरुले भन्नुभएको विकास निर्माणमा नीतिगत कुरामा हाम्रो सहभागिता चाहिन्छ भन्ने हो। तर निर्वाचन क्षेत्र पूर्वाधार कोषको कार्यक्रमलाई नयाँ नाम दिएर ल्याउने कुराको सन्दर्भमा अर्थमन्त्रीले भन्नुभयो मलाई मन थिएन मैले गर्नुपर्यो।

म जोड दिएर भन्न चाहन्छु यो कार्यक्रम आवश्य नै थिएन, यो कार्यक्रम संघीयता र संसदीय व्यवस्थाको मर्मविपरित छ। यो कार्यक्रमलाई हटाउने साहस गर्नसक्नुपर्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *