कुशासन र भ्रष्टाचारलाई रोक्न बजेटमा सुशासनलाई जोड :अर्थमन्त्री युवराज खतिवडा

समाचार
शेयर गर्नु होला

काठमाडौँ — आर्थिक वर्ष २०७५७६ को वार्षिक आय–व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा  अाईतबार अर्थमन्त्री खतिवडाले बजेट गतिशील रहेकोले कार्यान्वयन लाग्नुपर्नेमा जोड दिएका छन्।

उनले घोषणपत्र, नीति कार्यक्रममा भनिएका कुरा कार्यान्वयन गर्दा केही छुटे भन्दैमा आलोचना गरिहाल्न नसुहाउने बताए।
अर्थमन्त्री युवराज खतिवडाले आरोप–प्रत्यारोप छाडेर बजेट कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गरेका गरे।

गति नभएको अर्थतन्त्रलाई गतिशील बनाउन बजेट, नीति कार्यक्रम ल्याउँदा बढी आलोचना भयो कि भन्ने आफूलाई महसुस भएको भन्दै अर्थमन्त्री खतिवडाले कुशासन र भ्रष्टाचारलाई रोक्न बजेटमा सुशासनलाई जोड दिएको बताए।
उनले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकारका आधारमा बजेट बाँडफाँड गरेको बताए। उनले भने, ‘संविधानले प्रदेश र स्थानीय तहलाई दिएका अधिकारहरु कति थिए। मैले ती अधिकार अनुसार नैबजेटबाँडफाँट गरेको हुँ। अर्थमन्त्रीले कानुनका आधारमा बाँडफाँट गर्ने हो।’

बजेट केन्द्रिकृत र संघीयताविरोधी भएको सांसधरुको आरोपमा अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहलाई कानुनानुसार बजेट बाँडफाँट गरेको प्रस्टीकरण दिएे। ‘संघ, प्रदेश र स्थानीय प्रतिस्पर्धी होइनन्, परिपुरक हुन्। सँगसँगै काम गर्ने हो’ उनले प्रस्ट्याउँदै भने।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *