काठमाडौं – केपी ओली नेतृत्वको वाम गठबन्धनको सरकार गठन भएको तीन महिनाभित्र पटक-पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकाले अन्य दैनिक उपभोग्य वस्तुको समेत मुल्यबृद्धि हुन पुगेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको अैतबारको बैठकको प्रारम्भमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले भने ‘नेपाली जनताको रगत चुसेर राज्यको ढुकुटी बढाउँदै गरेर सरकारले के गर्न खोजेको हो ? मूल्यबृद्धि फिर्ता नभए हामी सदन अवरुद्ध गर्छौँ’।
सभामुख कृष्णबहादुर महराले मूल्यबृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।