‘क्वान्टिको’ गर्ल प्रियंका चोपडा अहिले अमेरिकी गायक तथा अभिनेता निक जोनसका साथ बढेको निकटताका कारण थप चर्चामा छिन् ।
उनीहरू लस एन्जलसमा सँगै देखिएका थिए ।केही दिनदेखि यी दुई कलाकारको अफेयरको खबर चर्चामा छ । अफेयर चर्चाका बीच उनीहरू डिनर डेटमा गएका छन् ।
उनीहरू योभन्दा पहिले २०१७ मा पनि रेड कार्पेटमा सँगै देखिएका थिए । त्यसवेला उनीहरूको सम्बन्धलाई लिएर मिडियाले सोधेको प्रश्नमा प्रियंकाले मजाक गरेर टारिदिएकी थीन् ।
उनीहरूको डिनर डेटबारे भारतीय तथा पश्चिमी सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । यो भन्द पहिले पनि उनको नाम थुप्रै सह कलाकर हरु सग जोडिदै आएेको छ।