एजेन्सी। विश्वकप २०१८ सुरु हुनु पूर्व जारी अभ्यास खेलमा चार पटकको विश्व विजेता जर्मनी पराजित भएको छ ।
खुट्टा भाँचिएपछि गत सेप्टेम्बर पहिलो पटक मैदानमा उत्रिएका मानुयल नेयुर फर्किएको खेलमा अष्ट्रियाले २–१ को जित हात पारेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको अष्ट्रियाले दोस्रो हाफमा दुई गोल गर्दै कमब्याक गरेको थियो । ११ौं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ५३ौं मिनेटमा मार्टिन हिन्टेरेगरले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । ६९ौं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गरेपछि अष्ट्रियाले २–१ को अग्रता लिएको थियो ।
उता गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डद्वारा नाइजेरिया २१ ले पराजित भएको छ । लण्डनस्थित विम्ब्ली रंगशालामा भएको खेलमा ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९ौं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफको ४७ौं मिनेटमा नाइजेरियाका एलेक्स इोबीले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–१ मा छोट्याएका थिए ।