म विद्रोहबाट पछि हटे : भीम रावल

समाचार
शेयर गर्नु होला

धनगढी– अाइतबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले अैतबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दे रावलले जो पायो त्यही व्यक्तिलाई केन्द्रीय कमिटीमा लिन खोज्दा आफू विद्रोहमा उत्रिएको पनि स्पष्ट पारे। भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन्।

‘पार्टीको मर्यादा, अनुशासनमा नबस्ने, अश्लील शब्द प्रयोग गर्ने, बोलीचालीको भाषामा भन्दा छाडा किसिमले जे पायो त्यही गर्नेलाई केन्द्रमा ल्याउन खोजिएकोले विद्रोहको कुरा गरेको हो। तर, पार्टीले त्यो सच्याएपछि म पछि हटे’उनले भने।

नेता रावलले वर्तमान सरकार र पार्टी उच्च तहमा प्रदेश ७ को यथोचित प्रतिनिधित्व नभएको गुनासो गरे।‘हामीले तत्कालिन प्रधानमन्त्री र नेपाली कांग्रेसका पार्टी सभापतिको पार्टी काग्रेसलाई कमजोर बनाएर झण्डै एकलौटी जित्यौ। तरपनि सरकार र एकीकरण भएको पार्टीमा ७ नम्बर प्रदेशको उचित मूल्यांकन भएन’, उनले गुनासो दोहोर्याए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *