सरकार संघीयतालाई कार्यान्वयन नगरेर पुरानै ठाउँमा र्फकन लागिपरेको छ।:रामचन्द्र पौडेल

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्व सरकार  नयाँ संविधानानुसार अघि बढ्न नसकेको बताएका छन्।

मुलुक संघीयतामा गैसक्दा पनि सरकारले त्यसविपरीत बजेट विनियोजन गरेको धारणा राख्दै पौडेलले संविधान बाहिर नहिंड्न सरकारलाई सचेत गराएका छन्। ‘यो सरकारले संविधान कार्यान्वयनका लागि सकारात्मक कुनै संकेत देखाउन सकेको छैन,’ उनले भने, ‘संघीयताको सही मान्यता भनेको राज्यले विकास निर्माणको बजेट सांसद्लाई दिने होइन।’
सरकार संविधानलाई तोडमोड गर्न बीचमै गोलमाल गर्न लागि परेको आरोप लगाउँदै पौडेलले कम्युनिष्ट पार्टीहरूको अझै सिद्धान्त टुंगो लाग्न नसकेको दाबी गरे।

‘जनतामाझ आफूहरू कम्युनिष्ट भएको भन्दै मत माग्ने र विदेशी दातासामु सोसियल डेमोक्रेट्स हौँ भन्दै सहयोग माग्ने ठग प्रवृत्ति जारी छ,’ उनले भने। प्राविधिक शिक्षा, प्रकृतिक स्रोत र साधनलाई एकैसाथ अघि बढाउन सकेमात्र मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्ने जिकिर गर्दै पौडेलले भने, ‘प्रविधीक शिक्षाका माध्यामबाट नागरिकलाई क्षामतावान बनाउन सकेमात्र मुलुकको समृद्धिमा सहयोग पुग्नेछ। सरकारले यसतर्फ ध्यान दिन जरुरी भएको छ।’

नेपाल विद्यार्थी संघले मुलुकको आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको महत्वका विषयमा अैतबार राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार संविधानको र्मम र भावनाविपरीत चलिरहेको आरोप लगाएका हुन्।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *