दिनदहाडै गोली चलाएर साढे नौ लाख लुट्ने पक्राउ

समाचार
शेयर गर्नु होला

धनगढी — धनगढीको ब्यस्त बजार क्षेत्रमा दिनदहाडै गोली चलाएर साढे नौ लाख लुट्ने समुहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।  अघिल्लो  अाईतबार घटना भए लगत्तै प्रहरी लुटेराको खोजीमा सक्रिय भएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरका अनुसार दुई जनालाई काठमाडौं र २ जनालाई धनगढी क्षेत्र आसपासबाट पक्राउ गरिएको छ। उनले घटनाको विवरणसहित उनीहरुलाई अपरान्ह ४ बजे सार्वजनिक गर्ने बताए।

लुटेरको खोजीमा कैलालीबाट प्रहरी इन्सपेक्टरको कमान्डमा टोली काठमाडौसम्म पुगेको थियो,’ एसपी घिमिरेले भनेले,  बेलुका काठमाडौ गोगंबुबाट २ जनालाई पक्राउ गरि कैलाली ल्याउदैछौ।’

गत जेठ १३ गते  अाईतबार बिहान १० बजे धनगढी चौराहास्थित पुरानो सब्जीमण्डी जाने चोक नजिकै अैइेमैइ सेन्टरका कर्मचारी निर्मल कार्की माथि गोली प्रहार गरी साढे नौ लाख लुटेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *