प्रतिनिधिसभा नियमावली मस्यौदा आज पनि पारित हुन सकेन

समाचार
शेयर गर्नु होला

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक चल्न नदिने तयारी गरेपछि प्रतिनिधिसभा नियमावली मस्यौदा आज पनि पारित हुन सकेन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालले मतदानमार्फत मस्यौदा पारित गर्ने बताएपछि कांग्रेस र राजपाले बैठक अबरुद्ध गर्ने चेतावनी दिएका थिए । विपक्षीको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले कार्यसूची हटाउँदा नियमावली मस्यौदा पारित हुन नसकेको हो ।

सत्तारुढ दल फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने तथा कांग्रेस र राजपा दोषी प्रमाणित नभएसम्म निलम्बन गर्न नहुने पक्षमा रहँदा संसदको नियमावली पारित हुन नसकेको हो । नियमावली नबनेका कारण संसदका कारवाही र संबैधानिक नियुक्ति प्रभावित भैरहेको छ ।

कांग्रेसले नियमावली संसदमा पेस भए सदन अवरुद्ध गर्न सांसदहरुलाई निर्देशन दीसकेको थियो । सरकारले सर्वसहमत रुपमा नियमावली संसदमा प्रवेश गराउने प्रयास जारी रहेको बताउँदा कांग्रेसले सहमति भैसकेको विषय उल्ट्याएर संख्याको बलमा विपक्षीलाई पेल्न खोजेको गुनासो गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *