काठमाडौं । तीन नम्बर प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेपछि सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर भारतसँग सम्बन्ध सुधार गरिएको दावी गर्नुभएको हो।
पदमा आएर आफूलाई केही लिनु नरहेको उल्लेख गर्नुभएका प्रधानमन्त्रीले ओलीले गरिबी, भ्रष्टाचार र पछौटेपनविरुद्ध सरकारले आक्रमक नीति लिएको पनि दोहो¥याउनु भयो ।
प्रधानमन्त्री ओलीले स्वतन्त्र मधेसका नाममा भैरहेका अवान्छित गतिविधि स्वीकार्य नहुने र भ्रष्टाचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो ।
नागरिकलाई भोकभोकै मर्न नदिने, हटौंडा कपडासहित बन्द रहेका उद्योग पुनःसंचालन गर्ने, उत्पादन बृद्धिका लागि अभियान सञ्चालन गर्ने र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जना गरिने आश्वासन दोहो¥याउनु भएका प्रधानमन्त्री ओलीले स्रोत–साधनको उच्च सदुपयोग गर्दै विकासका योजना बनाउन प्रदेशसभा र सरकारलाई सुझाव दिनुभयो ।