अष्ट्रेलिया — अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ ।
यहाँका समाचारसंस्थाहरुका अनुसार बैंकले अष्ट्रेलियाको ‘एन्टी मनि लण्डरिङ र काउन्टर टेरोरिज्म’ कानुन तोडेको आरोपमा यति ठुलो रकम जरिवाना तिर्नुपरेको हो । कमनवेल्थ बैंकले १० हजार डलर माथिका हजारौं कारोबारहरु यहाँको नियमन निकायलाई समयमै जानकारी गराएको थिएन । बैंक मार्फत गरिएका १० हजार बढीका करिब ५० हजार बढी लेनदेन कारोबारलाई बैंकले नियमन निकायमा समयमा जानकारी नगराएका कारण समस्यामा परेको थियो । नियमन निकाय असट्रयाकले गतवर्षको अगष्टमा बैंकविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको थियो ।
समाचारहरुमा जनाइेअनुसार अष्ट्रेलियाको कानुन अनुसार १० हजार डलर वा सो भन्दा माथिको कारोबारलाई १० दिनभित्रमा जानकारी गराउनुपर्ने प्रावधान छ ।
बैंकले ‘इन्टेलिजेन्ट डिपोजिट मेसिन’ मार्फत गरिएका कारोबारलाई समयमै जानकारी नगराएपछि कानुनी समस्या झेल्नु परेको थियो ।
यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइेको छ ।