काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदूषित गाडीहरु मन्त्रीहरु वा प्रधानमन्त्री जोसुकैको भएपनि छोड्दिन।’
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्घोष गरेका हुन्। उनले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए।