काठमाडौँ । आज सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारी पक्राउ परेका छन्।
सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको हो।
पक्राउ पर्नेमा भारत मुम्बैइका ४६ वर्षका अरुण सावरथिया, दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन्।
त्यस्तैगरी काठमाडौँका २९ वर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी रहेका छन्।