काठमाडाैँ। नोक्सानमा सेयर बेच्दा पनि लाभकर तिर्नुपर्नेगरी सरकारले नेप्सेलाई निर्देशन दिएपछि लगानीकर्ताले मंगलबार नेप्से कारोबार बन्द गरेका छन् ।
सरकारले बोनस र हकप्रदको सेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई आधार बनाएर लाभकर उठाउन निर्देशन दिएको थियो
बिहान ११ बजे नियमित कारोबार हुनुपर्ने भएपनि अहिलेसम्म नेप्सेमा एक प्रतिशत पनि कारोवार भएको छैन ।
सरकारले दिएको निर्देशन अनुसार नोक्सानमा पर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यता अौने लगानीकर्ताको टिप्पणी छ ।
सेयरमा लगानीलाई बन्देज गर्ने नियतले यस्तो निर्देशन आएको बताउँदै लगानीकर्ताले तुरुन्त निर्णय सच्याउन माग गरेका छन् ।