धनगढी — प्रदेश ७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् ।
एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पहिलो पटक बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।
भट्ट यसाघि माओवादी केन्द्रका तर्फबाट दलको नेता चयन भैइ मुख्यमन्त्री भएका थिए । एकीकरणाघि एमाले संसदीय दलको नेता रहेका प्रकाशबहादुर शाह नेकपाको उपनेता बनेका छन् ।
बैठकले प्रमुख सचेतकमा तारा लामा तामाङलाई चयन गरेको छ । उनी यसाघि एमालेबाट प्रमुख सचेतक थिए । यसैगरी सचेतकमा अक्कल रावल छ्नोट भएका छन् ।
बैठकमा नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल र लेखराज भट्टको समेत उपस्थिति थियो