राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन सक्दैन :मुख्यमन्त्री लालबाबु राउत

समाचार
शेयर गर्नु होला

रौतहट– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत रौतहट सदरमुकाम गौरस्थित कविर चोकमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टीबीच दुई बुंदे सहमतिपश्चात केन्द्रीय सरकारमा फोरम सहभागी भएको प्रष्ट पार्दै प्रदेश २ को सरकार ढल्ने अड्कलबाजीमाथि पूर्ण विराम लगाउदै फोरम राजपा गठबन्धनमा आफनो कार्यकाल पुरा गर्ने दावी गरे।

केन्द्र सरकारमा फोरम सहभागी भएपछि अहिले केही मिडियाबाट कपोकल्पित रुपमा अनावश्यक प्रचार मात्रै गरेर प्रदेश नम्बर २ को सरकार ढाल्ने जस्ता अनर्गल प्रचार प्रसार गरिरहेकोमा आपत्ति प्रकट गर्दै राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

संविधानमा दर्जनौ स्थानमा संशोधन गर्नुपर्ने भएकोले संविधान संशोधनको लागि दुई तिहाइ बहुमतको आवश्यक परेको हुनाले फोरम सरकारमा सहभागी भएको बताउँदै मुख्यमन्त्री राउतले संशोधन नगरेसम्म केन्द्रीय सरकार अघि बढ्न नसक्ने ठोकुवा गरे।

प्रदेश २ मा मधेशको माग एवं म्याण्डेड अनुसार राजपा र फोरम गठबन्धनको सरकारको बाहेक अन्य कुनै विकल्प नरहेको बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *