पितासँग शारीरिक सम्बन्ध राखेको भन्दै कुटपिटबाट वडा सदस्यको मृत्यु

समाचार
शेयर गर्नु होला

कालिकोट–  आफ्नो पितासँग शारीरिक सम्बन्ध राखेको भन्दै कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (अैती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो।  स्थानीय राजिन्द्रा शाही र सृजना शाहीले सार्कीमाथि कुटपिट गरेका थिए। शनिवार राति ९ बजे कुटिएकी सार्कीको १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटको अभियोग लागेकी राजिन्द्रा शाहीले भने मना सार्कीलाई मर्नेगरी नकुटेको सामान्य झगडा मात्र भएको दाबी गरिन। घटनापछि उनीसहित सृजना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी राजिन्द्रा शाहीका बुवा कम्मर शाहीको विगतदेखि नै सार्कीसंग सम्बन्ध रहेको स्थानीयहरु बताउँछन्। नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘यो भन्दा पहिला पनि एकपटक उठबस गरेको कुरा बाहिर आएपछि गाउँलेले सामान्य रुपमा मिलाएका थिए।’ पटक पटक शारीरिक सम्बन्ध गर्ने गरेकाले आफन्तहरु आवेगमा अौने गरेको उनले सुनाए। शनिबार भाटगाउँ भन्ने ठाउँमा आफ्नो वारीको मकै र प्याज गोडेर घर फर्किने समयमा बाटोमा कम्मर शाहीका छोरीले कुट्दै उनको घरसम्म पुर्याएको प्रत्यक्षदर्शीको भनाई छ।

एक किलोमिटर टाढा पर्ने खेतबारीमा मकै गोडेर घर फर्किदै गर्दा बाटोबाट कुट्दै घरसम्म पुगाएको मृतकका देवर चम्फे सार्कीले बताए। उनका अनुसार बुवासंग शारीरिक सम्पर्क गरिरहेको अवस्थामा रंगेहात फेला पारेपछि कुटेको कुरा राजिन्द्रा शाहीले स्वीकार गरेकी छिन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *