मोदी भ्रमणमा भ्रष्टाचारको आशंका,खर्च सार्वजनिक नभए विपक्षीको सदन अवरुद्ध गर्ने चेतावनी

समाचार
शेयर गर्नु होला

धनुषा — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा सरकारका तर्फबाट भएको खर्च विवरण सार्वजनिक गर्न प्रदेशसभा सांसदले माग गरेका छन् ।

मोदी भ्रमणमा कुनै भ्रष्टाचार नभएको मन्त्रीको अभिव्यक्तिपछि मंगलबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले यस्तो माग गरेका हुन् ।

नेकपाका सांसद सांसद रामकुमार यादवले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । ‘मोदी भ्रमणको एक महिना बित्नै लाग्दा पनि खर्च सार्वजनिक नहुनुको कारण के हो ?,’ उनले भने, ‘प्रदेशमा भ्रष्टाचार मौलाएको छ । मन्त्रीहरूबाट समेत भ्रष्टाचारको गन्ध अाउन थालेको छ ।’

नेकपाकै अर्का सांसद् असुन्दर विश्वकर्माले भ्रमण खर्च सार्वजनिक नभए सदन अवरुद्ध गर्ने चेतावनी दिए ।
नेकपाका अर्का सांसद लगनलाल चौधरीले मन्त्रीले संसद्मा भ्रष्टाचार नगरेको स्पष्टीकरण दिनुभन्दा पनि खर्च सार्वजनिक गर्नुपर्ने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *