बीबीसी । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्।
अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्। तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लीरहेका छन्।
फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ।
अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्। तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लीरहेका छन्।
अाईतबार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्।
ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।
ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए।