उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले एनआइसी एसिया बैंक ह्याक गरेको खुलासा

समाचार
शेयर गर्नु होला

एनाऐसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ । ३ कात्तिक ०७४ मा एनाऐसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअैबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।

सिअैबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनाऐसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिअैबीले अनुसन्धान ग-यो । यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्‍ाष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ ।

यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’ ह्याकर समूहले एनाऐसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन । प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लीसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ ।

हरीका अनुसार ‘लजारुस ग्रुप’ अन्तर्‍ाष्ट्रिय ह्याकर समूह हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यो ग्रुपले सन् ०१६ मा बंगलादेशको केन्द्रीय बैंक ह्याक गरी ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा सफलतासाथ ट्रान्सफर गरेको थियो ।

त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकर ग्रुप सफल भएको थियो । सोही ग्रुपले इक्वेडरको बैंकको डेल अस्ट्रोबाट १ अर्ब २० करोड रुपैयाँ, भियतनामस्थित तेइफोङ बैंकबाट १० करोड रुपैयाँ र ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकबाट ६ अर्ब रुपैयाँ लैजान सफल भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *