सांसदलाई सांसद को ‘झापड’ प्रहार

समाचार
शेयर गर्नु होला

जनकपुर — प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं। १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्।

पार्टीका सांसदहरुले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो। सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद बढेको थियो।कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भैरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए।

सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थीन् । सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यहीं थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *