सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्दै गर्दा ‘ठूला माछा’हरु छट्पटाइरहेको छन् : गृहमन्त्री रामबहादुर थापा

समाचार
शेयर गर्नु होला

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्दै गर्दा ‘ठूला माछा’हरु छट्पटाइरहेको बताएका छन् ।

गृहमन्त्रीका रुपमा आफ्नो सयदिनेको काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करीको अनुसन्धान गर्न गठित समितिको म्याद थपिने बताए ।

उनले सुन तस्करीसँग हुण्डीको कारोवारी पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताएका थिए। गृहमन्त्री थापाले काम नगर्ने ठेकदारमाथि सुरु गरिएको कारवाहीलाई पनि निरन्तरता दिने स्पष्ट पारे।

‘उपत्यकामा ५ सय विकास परियोजनामध्ये ३ सयको काम अलपत्र छन्,’ उनले भने, ‘तर सबै ठेकदार भने धरधनी छन्। केही सांसद पनि ठेकदार होलान्। जसले समयमा काम पुरा गर्दैनन् उनीहरुमाथि कारवाही हुन्छ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *