सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

समाचार
शेयर गर्नु होला

काठमाडौं – संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उनले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिएका छन्।

सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति प्रर्याप्त समय दीइ घोत्लिएर काम गर्न निर्देशन दिएका हुन्।

सभामुख महराले भने, ‘संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।’ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था अौन नदिन सरकारसँग आग्रह गरे।

उनले भने, ‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ, जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र चोटा धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्।’

कानून, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानून निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गरे। उनले भने, ‘संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहनेगरी कानून निर्माण गर्न तपाईहरुले ध्यान पु¥याउन आवश्यक छ।’

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *