काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री तामाङले नियामावलीमा सहमति जुटाउन अझैपनि प्रयास भैरहेको जनाए । उनले भने, ‘हामी सहमति जुटाउने प्रयास गरिरहेका छौं, तर अब बस्ने शुक्रबारको संसद बैठकबाट नियामावली पारित हुन्छ, प्रतिनिधि सभा नियामावली मस्यौदा समितिमा जुटेको सहमति अनुसार नै डाफ्ट संसदमा पेश गर्छौं ।’
उनले भने, ‘समितिले जस्तो मस्यौदा तयार पारेको थियो, वा दलहरुवीच सहमति भएको थियो, त्यही सदनमा पेश गर्छौं, तर सांसदलहरुलाई मस्यौदामाथि संशोधन हाल्ने अधिकार छ, यदि उहाँहरुले संशोधनमा बहुमत पुर्याउनुभयो भने त्यही अनुसार पास हुन्छ ।’ उनले सांसदहरुलाई संशोधन हाल्ने सार्वभौम अधिकार भएकोले आफूहरुले उक्त सहमतिमै अडान लिएर सांसदहरुलाई बाध्य बनाउन नसक्ने जिकिर गरे ।
संसद सञ्चालन नियामावली नाऔँदा धेरै कामहरु प्रभावित भएको बताउँदै मन्त्री तामाङले आफूहरु यसलाई अब छिट्टै टुँगो लगाउने पक्षमा रहेको स्पष्ट पारे । उनले भने,‘नियामावली पारित नहुँदा संसदीय समितिहरु गठन, संवैधानिक अंगमा नियुक्ती, राजदुतहरु नियुक्ती गर्न सकिएको छैन, अब नियामावली पारित हुने वित्तिकै प्रधानन्यायाधीश, अख्तियार प्रमुख र राजदुतहरुको नियुक्ती प्रक्रिया अघि बढ्छ ।’
उनले दाताको खर्चमा सांसदहरुलाई तालिम दीइेको समाचार झुठा भएको जिकिर गरे । उनले थपे, ‘अैइेनजिओको खर्चमा सांसदहरुलाई तालिम दीइेको भन्ने कुरा आएका छन्, यो गलत हो, जहाँसम्म युएनडिपीको सहयोगको कुरा छ, यो हाम्रो नियमित बजेट र अर्थ मन्त्रालयको सहमतिमै सञ्चालन भएको हो, हाम्रो बजेटको एुटा स्रोत वैदेशिक अनुदान पनि हो, नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रपनि हो, त्यसैले युएनडिपीपनि राष्ट्रसंघको स्पेशल एजेन्सी हो, हामीले सहयोग लिन सक्छौं।’