मेस्सीलाई धम्की , अर्जेन्टिनाले ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गर्यो

खेलकुद
शेयर गर्नु होला

एजेन्सी । विश्वकप फुटबलको पुर्व तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।

इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो ।

अमेरिकाले इजरायलको समर्थनमा प्यालेस्टाइनमा भएको आफ्नो राजदुतावास हटाएपछि प्लोस्टाइनले त्यसको चर्को विरोध गरिरहेको छ । यदि अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल खेले प्यालेस्टाइनले मेस्सीको जर्सी र पुत्ला जलाउने धम्की दिएको थियो ।

खेलाडीको सुरक्षा मध्यनजरगर्दै अर्जेन्टिनी फुटबल संघले इजरायलसँगको खेल स्थगित गर्नुपरेको अर्जेन्टिनी राष्ट्रिय टोलीका स्ट्राइकर गोन्जालो हिंग्वेनले बताएका छन् । तर अर्जेन्टिनाको यस कार्यप्रति इजरायल बेखुशी भएको बताइेको छ ।

इजरायली रक्षामन्त्री एभिगडोर लिबरम्यानले अर्जेन्टिनी निर्णयको निन्दा गरेका छन् । उनले सुरक्षामा कुनै कमी हुन नदिने बताए । यद्यपी अर्जेन्टिनामा भएको इजरायली दुतावासलेपनि खेल स्थगित भएको पुष्टि गरिसकेको छ ।

अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल नखेल्ने भएपछि प्यालेस्टाइनले भने अर्जेन्टिनालाई धन्यवाद दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *