खान हुने
– मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ, तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक–पटक खाइरहनुपर्छ ।
– तथा सोडा पानी सेवन गर्नुपर्छ ।
– कालो चिया तथा कफीले मधुमेहको सम्भावना २५ प्रतिशत घटाउँछ ।
– काँचै खान मिल्ने खानेकुरा काँक्रा, गाँजर, गोलभेंडा, प्याज, मूला आदि ।
– हरिया सागसब्जीका सुप तथा सामान्य मरमसला प्रयोग गरिएको खानेकुरा ।
– मोही १ गिलाससम्म सेवन गर्न सकिन्छ । यसैगरी जस्मिन चिया तथा हर्बल चिया पनि पिउन सकिन्छ ।
खान नहुने
– धेरै चिल्लो, पिरो तथा मसालेदार खानेकुरा खानु हुँदैन ।
– रातो मासुका साथै कलेजो, मुटु, फोक्सो आदि खानु हुँदैन ।
– पुरी, पकौडा, मालपुवा, सेल, आलुचिप्स, डोनट, पापड तथा तेलमा डुबाएर बनाइेको अचार सेवन गर्नु हुँदैन ।
– चिनी हालेको चिया, कोल्ड ड्रिङस, जुस, चिल्लो कुरा आदि खानु हुँदैन ।
– मादक पदार्थ सेवन गर्नु हुँदैन ।
– बदाम, काजु, नरिवल, किसमिस आदि पनि खानु हुँदैन ।
– हर्लिक्स, भिभा, बोर्न बिटा आदिको सेवन नियन्त्रित गर्नुपर्छ ।
– उच्च रक्तचाप, मुटु तथा मिर्गौलासम्बन्धी समस्या सिर्जना हुन सक्ने भएकाले बढी नुन प्रयोग गर्नु हुँदैन ।