नारायणगढ–मुग्लिन सडकखण्डले पूर्णता पायो,३५ मिनेटमा नै उक्त सडकखण्ड पार गर्न सकिने

समाचार
शेयर गर्नु होला

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको ३३।२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।

६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भैसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड सरररर पार गर्न सकिने सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। ‘७० मिनेटलाई ५० प्रशेन्ट घटायर ३५ मिनेटमा ल्याउने र सडक सुरक्षामा उल्लेख्य सुधार गर्ने भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो’, खनालले भने, ‘सोही अनुसार काम भएको छ।’ खनालले सडक कालोपत्रे बनेसँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको बताए। ‘सडक निर्माणका लागि दैनिक ६ घण्टा सडक बन्द हुँदै आएको थियो’, खनालले भने, अब बन्द हटेको छ भने सडक पनि खाल्डाखुल्डी, धुलो र हिलो रहित बनेको छ।’

भत्काइेको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको खनालले बताए। निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न हो। ‘२०७२ सालको बिनाशकारी भूकम्पको मुखैमा योजनाको सम्झौता भएको थियो’, खनालले भने, ‘त्यसपछि भएको भारतीय नाकाबन्दी र इन्धन अभाव तथा भौगोलिक बनावट, पहिरोको जोखिम, सवारी चापको व्यवस्थापनले गर्दा निर्माणमा केही ढीला भएपनि अन्य अायाेजनाकाे तुलनामा धेरै ढीलाे भने भएकाे हाेइन।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *