काठमाडौँ — नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।
उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए।
उनले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएको बताए। उनले भने, ‘मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो। र, म हाजिर भएँ। हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दीएन। मेरो मनोबल गिराउने काम भयो । त्यसैले मैले राजीनामा दिएँ।’
उनले भने, ‘मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ। तर देशीविदेशी शक्ति र अन्य समूहले म विरुद्ध खनिएर बद्नाम गरे।
आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो। उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो।