काठमाडौँ — अफगानिस्तानका राष्ट्रपति असरफ घानीले इद अल फित्र पर्वलाई ध्यानमा राखेर बिहीबार अस्थायी युद्धविरामको घोषणा गरेका छन् ।
उनले इद अल फित्र पर्वलाई ध्यानमा राखेर अफगानिस्तानभर नै अफगान सेनाले तालिबान विरुद्धको आक्रामक कारबाही रोकिएको घोषणा बिहीबार गरेका हुन् ।
राष्ट्रपतिका ट्विटकाअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरुहुने र जुन १५ मा समाप्त हुने भएकोले सो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको छ ।
रमादानको यस पर्वको क्रममा राष्ट्रपतिले घोषणा गरेपनि अफगानिस्तानको सरकारसँग युद्धरत तालिबान आतङ्ककारीहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन ।