निर्वाचन आयोग द्वारा नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

समाचार
शेयर गर्नु होला

काठमाडौँ । निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गर्नुभएको हो । पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिनुभयो ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित हुनुहुन्थ्यो दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया शुरु गरेको थियो ।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भन्नुभयो, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागित हुन्छ ।” तत्कालीन नेकपा ९ेमाले० र तत्कालीन नेकपा ९माओवादी केन्द्र०बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *