काठमाडौँ — विशेष अदालतले ‘म्याच फिक्सिङ’ को आरोप लागेका ६ जना खेलाडी सफाइ दिएको छ ।
न्यायाधीयशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ (वैद्य) र नारायणप्रसाद पोखरेलको इजलासले अञ्जन केसी, रितेश थापा, सागर थापा, सन्दीप राई, विकाससिंह क्षेत्री र देजीव थापालाई सफाइ दिएको हो ।
उनीहरुले राज्यविरुद्धको अपराध, सजाय ऐन अनुसार राष्ट्र विप्लपको कसूर गरेको नदेखिएको फैसलाको राय किताबमा उल्लेख छ।
उनीहरुविरुद्ध म्याच फिक्सिङको आरोपमा २०७२ साल कार्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।