१० वर्षभित्रै क्रान्तिकारी परिवर्तन : दाहाल

समाचार
शेयर गर्नु होला

काठमाडौँ —  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राजधानीमा साना तथा मझौला व्यवसायी        महासंघको १५ौँ  स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशमा भएको स्रोत साधन र जनशक्तिको सहि परिचालनबाट आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताए का छन्।

दाहालले आगामी दस वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका हुन् ।अहिलेको सरकारसँग दुईतिहाई बहुमत रहेको बताउदै अध्यक्ष दाहालले लामो समयपछि देशमा आर्थिक विकासका निम्ति राजनीतिक वातावरण तयार भएको उल्लेख गरे।

सरकार र सबै राजनीतिक दलहरुले स्थिरता, सुशासन र आर्थिक विकासलाई आफ्नो मूल एजेण्डा मानेको दाहालको भनाइ छ। मुलुकको आर्थिक विकासका लागि सरकारले छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध विकास भएको दाहालले बताए। नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि हुन लागेको नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र चीनबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणहरुमा आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाइेको उनको भनाइ थियो।

देशमा स्थितरता र सुशान,उद्योग र व्यवसाय,रोजगारीको वातवरण भएपछि मात्र विदेशीका युवाहरु स्वदेश फर्काउन सम्भव हुने अध्यक्ष दाहालले दाबी गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *