फिफाकाे नयाँ बरियतामा नेपालकाे ३ स्थान सुधार

खेलकुद
शेयर गर्नु होला

 

एजेन्सी : विश्व फुटबलको सर्वाेच्च प्रशासकीय निकाय ‘फिफा’ले नयाँ बरियताक्रम सार्वजनिक गरेको छ । नयाँ बरियतामा नेपाल ३ स्थान सुधार गर्दै १६१ अाैं स्थानमा उक्लिएकाे छ । नेपाल तीन स्थान सुधार गर्दै यसपटक १६१ औँ स्थानमा उक्लिएको हाे ।

फिफाकाे बरियता क्रममा दक्षिण एसियाली देशहरूमध्ये भारत अग्रस्थानमा छ । भारत ९७ औँ स्थानमै कायम रहेकाे छ भने दाेस्राेमा अफगानिस्तान १४५ अाैँ स्थानमा छ भने नेपाल चौथो स्थानमा रहेकाे छ । सार्कका अन्य राष्ट्रहरूमा माल्दिभ्स- १५० अाैँ स्थानमा छ भने भुटान- १८३ अाैँ स्थानमा छ । त्यस्तै बंगलादेश- १९४, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा रहेका छन् ।

फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियताकाे एक नम्बर (शीर्ष स्थान)मा जर्मनी रहेकाे छ । विश्व बरियताकाे दोस्रो स्थानमा ब्राजिल रहेकाे छ भने तेस्रो स्थानमा बेल्जियम छ । यस्तै चौथो स्थानमा पोर्चुगल, पाँचौँमा अर्जेन्टिना, छैटौँमा स्वीट्जरल्याण्ड, सातौँमा फ्रान्स र आठौँमा दुई स्थान सुधार गरेको पोल्याण्ड रहेकाे छ । शीर्ष दश स्थानभित्र नवौँमा चिली र दशौँ स्थानमा स्पेन रहेका छन् । स्पेन यसपालि भने दुई स्थान तल झरेको हाे ।

शीर्ष १० मा रहेका चिलीबाहेक अन्य सबै देशले रूसमा हुन गैरहेकाे विश्वकप फुटबल खेल्दै छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *