रजनीकान्तको फिल्मका लागि बिदा घोषणा

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सी

साउथका सुपरस्टार रजनीकान्तको आउँदै गरेको फिल्म ‘काला’को रिलिज मिति नजिकिएसँगै दर्शकमा उत्सुकता झन् बढेको छ ।

रजनीकान्तको फिल्म ‘काला’लाई लिएर दर्शकको उत्साह यति धेरै बढेको छ कि केरला राज्यको एक निजी कम्पनीले फिल्मको रिलिज मितिको दिन बिदा नै घोषणा गरेको छ ।

फिल्म ‘काला’ ७ जुन मा प्रदर्शन भैरहेको छ । भारतीय मिडियाका अनुसार केरलाको एक अैटी कम्पनीले रजनीकान्तको सम्मानका लागि ७ जुनमा बिदा घोषणा गरेको हो ।

कम्पनीले वक्तव्य नै जारी गरेर बिदाको घोषणा गरेको छ । ‘काला’मा रजनीकान्त मुम्बैइ धारावीको एक ग्यांगस्टारको भूमिकामा देखिँदै छन् ।

यस फिल्ममा हुमा कुरेसी, नाना पाटेकर र अञ्जली पाटिल पनि मुख्य भूमिकामा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *