नेविसंघको पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध चक्का जाम

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा देश भरिका क्याम्पस अगाडि एक घन्टा चक्का जाम गरेको छ।

शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्म एक घन्टा देश भरिका क्याम्पस अगाडि चक्का जाम गरिएको नेविसंघका केन्द्रीय सदस्य रघुविर कार्कीले बताए। नेविसंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै महंगी बढेको भन्दै देश व्यापी आन्दोलन चर्काएको हो।

बिहीबार मूल्य बृद्धि फिर्ता गर्न माग गर्दै सरकारलाई ज्ञपन पत्र बुझाइेको बताउँदै कार्कीले मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन थप सशक्त बनाइने बताए।

उनले शनिबार बेलुका देशैभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *