कार्यकारी राष्ट्रपति स्वीकार्दैनाैं : रामचन्द्र पौडेल

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकारी राष्ट्रपति व्यवस्था स्वीकार गर्न नसकिने बताएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा कार्यकारी राष्ट्रपति व्यवस्था हुनुपर्ने बताएको प्रति नेता पौडेलले आपत्ति जनाए ।

तनहुँको बन्दिपुरमा शुक्रबार सामुदायिक रेडियो प्रसारक संघ अकोरावको ४ नम्बर प्रदेशको प्रथम साधरण सभालाई सम्बोधन गर्दै नेता पौडलले सो भनाई व्यक्त गरेका हुन्।
‘प्रचण्डले कार्यकारी राष्ट्रपति व्यवस्थाको कुरा गरेर राजनीतिक विवाद उत्पन्न गर्न खोजेको छ’, उनले भने, ‘राजनीतिक विवादले देशलाई फेरि विकास हुनबाट रोक्छ।’ राजनीतिक विवादका कारण नेपालको विकास पछि परेको उनको तर्क छ।

‘नेपालले राजनीतिक व्यावस्थाको लागि लामो समय खर्चियो अझै राजनीतिक व्यावस्थामै अल्झीनु राम्रो हुदैन्,’ उनले भने, ‘पुष्पकमल दाहालले सार्वजनिक रुपमा कार्यकारी राष्ट्रपति व्यवस्था हुनुपर्ने भनाई व्यक्त गर्दै हिड्नुभएको छ, नेपालको लागि संसदीय व्यावस्था नै उपयुक्त छ।’ हामीले राजनीतिक व्यावस्थाको लागि भन्दै पछिल्लो ६ वर्ष समेत विताएर बहुलवादमा आधारित संघीय संविधान निर्माण गरेको र अव फेरी कार्यकारी राष्ट्रपति ल्याउछौँ भन्नु उपयुक्त नभएको पौडेलको जिकिर थियो।

‘प्रचण्डले कार्यकारी राष्ट्रपति व्यवस्थाको कुरा गरेर राजीतिक व्यावस्थामात्रै परिवर्तन गर्न खोजेको संकेत देखिएको छ नेपालमा व्यावस्था मात्रै परिवतनले मात्रै दशको विकास हुदैन्,’ पौडेलले भने।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *