महिला ले सुत्केरी भत्ता नपाएको अवस्था मा गाईलाई सुत्केरी भत्ता !

फोटो फिचर समाचार
शेयर गर्नु होला

सिदिङवा (ताप्लेजुङ) — जिल्लाको पूर्वी सिदिङवा गाउँपालिकाले गाईलाई सुत्केरी भत्ता दिन थालेको छ ।

यो यसै वर्षदेखि सुरु भैसकेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले बताए। कडरियाका अनुसार यो गाउँपालिका विगतमा अधिक पशुपालन भएको क्षेत्र हो। तर, पछिल्ला वर्ष किसानहरु यसबाट बिमुख भएपछि पुन पुरानै अवस्थामा फर्काउन यस्तो नीति ल्याइेको हो। भत्ता लिने किसानले दिनमा कम्तीमा ७ लिटर दूध भने दुहुनुपर्ने सर्त राखिएको छ। सर्तानुसार सुत्केरी भएको छ महिनासम्म (लैनुमा) दुई र छ महिनापछि (बकेर्नु) तीन थुन मात्रै दुहुन पाउने छन्।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक गाई सुत्केरी हुँदा गाईपाल्ने किसानलाई २० हजार रुपैयाँ दिन थालिएको हो । यो पैसा गाईको स्याहार सुसारमा खर्च गर्नु पर्छ ।

धेरै दूध देखाउन बाच्छाबाच्छी दूध खानबाट बञ्चित नहुन् भनेर यो सर्त राखिएको गाउँपालिकाले जनाएको छ। गाई स्याहारमा दिएको पैसा किसानले अपचलन नगरुन् र अरु क्षेत्रमा नलगाउन भनेर सर्तसहित भत्ताको व्यवस्था गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए। किसानले सर्त पालना गरेनगरेको अनुगमन वडाका जनप्रतिनिधि र कर्मचारीले समेत गर्ने योजना बनाइेको छ।

पहिलो वर्ष गाई सुत्केरी भत्ताबापत तीन लाख ५० हजार छुट्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा यसलाई तेब्बर बनाउने योजना बनाएको छ। पहिलो वर्ष प्रचारमा कम खर्च भए पनि यस्मा किसानको आकर्षण बढेकाले बजेट बढाउने कडरियाले बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *