पार्टीभित्रैबाट अन्तरघात चुनावमा पराजय को कारण, अन्तरघातीलाई नछाडने :शेरबहादुर देउवा

समाचार
शेयर गर्नु होला

धनगढी — कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन् ।

सभापति देउवाले देशमा जबर्‍अजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भैरहेको भन्दै कांग्रेसले कुनै पनि हालतमा प्रजातन्त्र कमजोर हुन नदिने बताए।

विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उनले भने, ‘गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भैरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन।’

शुक्रबार धनगढीमा कांग्रेस कैलालीकोप्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएका कारण निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *