बहुविवाह गर्ने सरकारी कर्मचारी अब बर्खास्त !

समाचार
शेयर गर्नु होला

काठमाडौं। अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् ।

सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको खबर आजको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ ।

निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *