भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को हत्या याेजना काे खुलासा !

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलारि सिध्याउने याेजना बनाइेकाे सनसनीपूर्ण खुलासा भएको छ ।

पुणेकाे भारतीय पुलिसले जनाएअनुसार प्रधानमन्त्री मोदीविरुद्ध त्यहाँकाे सशस्त्र संघर्षरत नक्सलवादी (भारतीयमाओवादी)ले हत्या याेजना बनाएकाे खुलेकाे हाे ।

प्रहरीले केही माअाेवादी कार्यकर्तालारि गिरफ्तार गरेपछि उनीहरूबाट बरामद कागजपत्र र चिठीमार्फत साे याेजना छर्लंग भयाे। एक नक्सलवादी कार्यकर्ताको कम्युटरबाट बरामद चिठीमा साे याेजनाबारे उल्लेख भएकाे पुणेस्थित प्रहरी ले बताएका छन्।
भारतका पूर्व प्रधानप्रधानमन्त्री राजीव गान्धीलारि जसरी अात्मघाती हमलाकारीले हत्या गरेका थिए, त्यसरी नै प्रम माेदीकाे पनि हत्या गर्ने याेजना बनेकाे खुलासा भएकाे हाे ।

पुणे प्रहरीले जनाएअनुसार नक्सलवादीले प्रम माेदीकाे हत्याका लागि उर्दी नै जारी गरेका थिए । उनीहरूले पाँच जनामध्ये एक जनालाई यस्तो पत्र पठाएका छन्, जसमा माेदीकाे हत्या गर्न सकिए पार्टीकाे बलिदानले सार्थकता पाउने उल्लेख गर्दै हत्याका लागि तम्तयार हुन भनिएकाे छ ।
पत्रमा भनिएको छ, “कामरेड किशन र केही अन्य वरिष्ठ कम्युनिष्ट अधिकारीहरूले मोदीकाे शासनलाई निमिट्यान्न पार्न केही ठोस प्रस्ताव दिए। हामी घटनालारि अर्को राजीव गान्धीकान्डजस्तै बनाउनेबारे सोचिरहेका छौं। सडक शोका बेला भीडमा घुसेर टार्गेट गर्नु एक प्रभावकारी रणनीति हुनेछ । हामी सबै विश्वास गर्छौं कि हामी सबैको बलिदानले नै पार्टी जीवित रहनेछ।”

यस घटनाबारे सञ्चारकर्मीले प्रतिक्रिया माग्दा भारतीय गृहमन्त्री राजनाथसिंहले प्रम मोदीको सुरक्षाका लागि सरकार ग्रम्भीर रहेको बताएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *