एजेन्सी । अन्तर्ाष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी विजयी भएको छ । जर्मनीले साउदी अरबीयालाई शुक्रबार राति भएको खेलमा २–१ ले पराजित गरेको हो ।
जर्मनीले अरबमाथि पहिलो हाफमै २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा साउदी अरेबीयाले १ गोल फर्काउन सफल बन्यो । जर्मनीको जितमा खेलको ८ औं मिनेटमा टिमो वेर्नरले एक गोलगर्दा अर्को एक गोल जर्मनीले उपहारमा पाएको थियो । ४३ औं ॐार ओथम्यानले अरेबीयाको बल रोक्न खोज्दा आत्मघाती गोल भएको थियो । यस्तै दोस्रो हाफको ८४ औं मिनेटमा साउदी अरेबीयाले एक गोल फर्काएपछि खेलमा कुनै गोल हुन सकेन् ।
तेस्तै अर्को खेलामा उरुग्वेको राजधानी मन्टेभिडयोमा भएको खेलमा घरेलु टिमले उज्वेकिस्तानमाथि ३–० को जित निकाल्यो । खेलको ३२ौं मिनेटमा अर्ास्केटाले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । उरुग्वेले दोस्रो हाफमा दुई गोल थप्यो । ५४ औ मिनेटमा स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २(० को स्थितिमा पु¥याए भने ७३ औं मिनेटमा गिमिनेजले कार्लोस सान्चेजको पासमा गोल गरे ।
रुस विश्वकप अघी विभिन्न राष्ट्रहरु अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारएे गरिरहेका छन ।