विटाटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं। १ को प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको विविधतामाथि कसैले आँच अाउने काम गरे स्वीकार्य नहुने बताए।
‘हाम्रो देश सानो छ र देशलाई विकास गर्न आवश्यक पर्ने जनशक्ति पनि ठिक्क छ’, उनले भने ‘राजनीतिक प्रणाली, त्यसानुसारका संरचना र त्यस अनुसारको तयारी अगाडि बढाएका छौं। अब सबै जना देश निर्माणमा लाग्नु पर्छ।’
‘नेपाल विविधताले धनी देश हो, यो विविधतालाई बेलाबेलामा अनेक ढंगले भाड्न खोजिए पनि त्यसो गर्न कसैले सकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देश शान्ति प्रकृयामा अगाडि बढेकाले अब सबै मिलेर देश बनाउन तर्फ लाग्नु पर्छ।’
प्रधानमन्त्री ओलीले भने, ‘अब हामीले सुशासन दिँनै पर्छ।
अहिले सरकार सेवा दिनका लागि आएको हो। विकास कसरी हुन्छ त्यसका लागि आएको हो। शुसासन कसरी कायम गर्न सकिन्छ, गलत काम कसरी रोक्न सकिन्छ त्यसका लागि आएको हो।’
प्रधानमन्त्री ओलीले देशमा जनपक्षिय प्रणालीको स्थापना भैसकेकाले अब सरकार आर्थिक विकासमा अघि बढ्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा केन्द्रीत हुने बताए।