हामी सिङ्गापुरमा फोटो खिचेर मात्र फर्किन पनि सक्छौँ : डोनाल्ड ट्रम्प

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

काठमाडौँ । अमेरिकी  राष्ट्रपति ट्रम्प जि को बैठकका लागि शुक्रबार क्यानाडा जाने तयारीमा हुनुहुन्थ्यो ।उहाँ त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम छ ।

शुक्रबार क्यानाडाका लागि प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारहरुले ह्वाइट हाउसमा सोधेतपाईँको सिङ्गापुर बसाई कति लामो हुन्छ ? राष्ट्रपति ट्रम्पको जवाफ थियो— किमसँगको वार्ता कस्तो हुन्छ, त्यसमा भरपर्छ ।

उहाँले भन्नुभयो, म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन लम्बिन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ । उहाँको भनाई थियो— हामी फोटो खिचेर मात्र फर्किन पनि सक्छौँ र एक दुई दिन वार्तामा बस्न पनि सक्छौँ । यो सबै कुरा मङ्गलबारको पहिलो बसाईले निर्धारण गर्नेछ ।

शिखर वार्ता नाम दीएको यस अभूतपूर्व बैठकमा के हुन्छ भन्ने नै अहिले विश्वमा चर्चा छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुदैछ ।

अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइेको छ । सिङ्गापुर वार्ताको अन्तिम तयारी सकिएको जानकारी उक्त देशले दीसकेको छ । उता उत्तर कोरियाले पनि आफूहरुले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *